पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

death body

पर्वत । पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, १४ जना सामान्य घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ