काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ दुर्घटना भएको हो ।
दुर्घटना नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै र एक जनाको उपचाका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै र पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।
जिपमा ११ जना सवार थिए । जिप चालक पाटन ५ बसन्तरपुरका खेमराज पाण्डेय फरार रहेका छन् । जीप सडकबाट एक सय मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु