पोखरा । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा तालावन्दी गरेको छ ।
संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा वढि शुल्क लिएकाले कलेज प्रशासनमा तालावन्दी गरेको वताए ।
विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।
‘हिजो (आइतबार) अवैध शुल्क उठाइरहेको जानकारी पाएपछि २४ घन्टाको अल्टिमेटम दिएका थियौं । तर, अस्पतालले बेवास्तापूर्ण तरिकाले चिठीको उत्तर दिएकाले तालाबन्दी गर्न बाध्य भएका हौं,’ संयोजक पौडेलले भने, ‘अब शुल्क फिर्ता नभएसम्म हामी हाम्रो आन्दोलन फिर्ता गर्दैनौं ।’
‘विद्यार्थीलाई लुटको शृङ्खला नरोक्ने कलेज प्रशासनको रबैयाले कारण कलेज प्रशासनमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो’, अध्यक्ष पौडेलले भने, ‘हाम्रा माग पुरा नभएमा थप कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’
चिकित्सा शिक्षामा मनोमानी बढेको भन्दै चिकित्सा शिक्षा आयोगले २ वर्षअघि मूल्य निर्धारण गरेको थियो । उक्त नियमअनुसार एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको थियो । तर, मणिपालले भने विभिन्न बहानामा विद्यार्थीसँग ६ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीले आरोप लगाएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो