‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन् । यो संसारको सृष्टिकर्ता नै छोरी हुन् । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ ।
बाबुराम राईको शब्द रचना रहेको ‘छोरी’ मा कल्यान सिंहले संगीत भरेका छन् । नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो । भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसि, पूजा परियार, खुस्बु राणा मगर, दिपा चौधरी र एन्जिला चौधरी रहेका छन् । सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ । अनुराधा कोइराला, हिमानी शाह, शृङ्खला खतिवडा, पुष्पा बस्नेत, गौरिका सिंह, अस्मिता आले, मिरा राई, ममता स्थापित, रक्षा राणा, शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ।
सम्बन्धित खबर
मनसरा : मिश्रित समाजको कथा
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
‘महाजात्रालाई १० मा ९.५ नम्बर दिन्छु’ : अध्यक्ष ओली
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग