पोखरा । ‘सडकमै खाऊ, सडकमै रमाऊँ ’ भन्ने नाराका साथ यस पटक पनि पोखराकाे लेकसाइडमा पुस १५ गतेदेखि सडक महोत्सव हुने भएको छ ।
पोखराको सहिद चोक, खहरे हुँदै डिहीकोपाटन सम्मको क्षेत्रमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १५ गतेदेखि १७ गतेसम्म २३ औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको हो । महोत्सवको उद्घाटन समारोह कोमागाने पार्कमा हुनेछ ।
नयाँ कोरोना भेरियन्ट ओमिक्रोनले विश्व जगतमा नै त्रास फैलिएको भए पनि हेल्थ प्रोटोकललाई ध्यानमा राख्दै पोखरा खुल्लै छ भन्ने सूचना प्रवाह गर्नका लागि महोत्सव आयोजना गर्न लागेको आयोजक संस्था रेवान पोखराले जनाएको छ ।
गत वर्ष कोभिड १९ उच्च जोखिमका महामारीमा पनि महोत्सवको आयोजना भएको थियो । यो वर्ष ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा विभिन्न संस्कृतिक कार्याक्रम सहित महोत्सव हुने अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन गर्न जनजातिसँग सम्बन्धित संस्कृतिक कार्यक्रम, मौलिक भेषभुष ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए ।
पोखरालाई ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।
महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुने महोत्सवका संयोजक नरेश भट्टाइले बताए । ‘३ दिनसम्म हुने यो महोत्सव सभ्य र सुरक्षित रुपमा सम्पन्न गर्छाैँ। हामीहरुले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएर सबैको सहयोगमा महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेका छाैँ,’ उनले भने, ‘यस पटकको महोत्सवमा पनि अधिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।’
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद रहने भट्टराइले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘यस कार्यक्रमको शोभा बढाउन लेकसाइड क्षेत्र क्रिसमस डे बाटै बेहुलीजस्तै सिँगारेर सजावट हुने छ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, भाँकि प्रदशृन, रात्रिकालिन कन्सर्ट, डुंगा, दौड, वेटर रेस , टग अफ वार जस्ता प्रतियोगितात्मक हुन्छ ।’
त्यस्तै, ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने उनले जानकारी दिए । ‘महोत्सव अवलोकनमा आउने सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था छ । भाडा बढी लिए अनुगोमन हुन्छ । होटल रेष्टुरेष्टहरुले मेर्नु बाहेकको रेट लिए कारबाहि गर्छाैँ,’ उनले भने ।
महोत्सव सम्पन्न गर्न रेवानका उपाध्यक्ष भट्टराई, सचिव भिष्म राज पौडेल, र सह–कोषध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरी उपसमितिहरु गठन भएको छ ।
कोभिड १९ का कारण गत वर्ष तीन दिन मात्र सञ्चालन भएको महोत्सव यस वर्ष पनि तीन दिन मात्र सञ्चालन हुने भएको हो । त्यसअघिका वर्षहरुमा यो महोत्सव पाँच दिनसम्म सञ्चालन हुँदै आएको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो