अमेरिकाबाट नेपाल आइपुग्यो मोडर्नाको थप १९ लाख ६५ हजार ६ सय डोज खोप

अमेरिकाबाट नेपाल आइपुग्यो मोडर्नाको थप १९ लाख ६५ हजार ६ सय डोज खोप

covid vaccine khop child

काठमाडौँ । अमेरिकाबाट कोराना भाइरसविरुद्धको मोडर्नाको थप खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत आइतबार बिहान कतार एयरवेजमार्फत अमेरिकाबाट १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको खोप नेपाल आइपुगेको हो ।

यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गएको शुक्रबार १४ लाख ९८ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ।

यो खोप सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि लगाउने योजना बनाएको छ।

यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला छाडेर बाँकी ५८ जिल्लामा मोडर्ना खोप दिने योजना सरकारले बनाएको हो ।

मोडर्ना खोप लगाउनका लागि ५८ जिल्लाका विद्यालयमा खोप केन्द्र तोकिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ