पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालले चिकित्सा शिक्षाका नाममा विद्यार्थीसँग अवैध रुपमा लाखौं रकम उठाएको भन्दै आन्दोलित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), गण्डकी प्रदेश कमिटीले आन्दोलनलाई जारी राखेको छ । अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले मणिपालले वर्षमै ६ करोड बढी अवैध रुपमा विद्यार्थीबाट उठाइरहेको जिकिर गरे ।
विभिन्न शीर्षकमा विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको भन्दै अनेरास्ववियुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाई विरोध प्रदर्शन गरेको छ । सिडिओको अनुपस्थितिमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीमार्फत् उक्त ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु गण्डकीका सचिव आरके पोखरेलले जानकारी दिए ।

सिडिओलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा लेखिएको छ– ‘मणिपाल कलेज अफ मेडिकल साइन्सले भर्खरै भर्ना हुन आएका ब्याच ३४ का विद्यार्थीहरुलाई विभिन्न शीर्षक समावेश गरी अतिरिक्त शुल्क लिएको तथा अनिवार्य छात्रबास (होस्टेल)का लागि बाध्य पारिएको, विद्यार्थीहरुमा त्रास पैदा गरिएको साथै सुरक्षा निक्षेपमा समेत पैसा लिएको अवस्थामा यो कानुन विपरित तथा चिकित्सा शिक्षा आयोग विपरित लुटतन्त्रको ज्वलन्त उदाहरण रहेको अवस्थामा अनेरास्ववियुले प्रशासनसँग ध्यानाकर्षण गराई सकेको अवस्थामा पनि प्रशासन जिम्मेवार नबनी कुनै पहल कदमी नलिएको तथा अतिरिक्त लिएको शुल्क फिर्ता गर्न कुनै संवाद नगरेको कारण घोर भत्सर्ना गर्दै लुट र अवैध धन्दा बन्द नहुँदा सम्मका लागि अनिश्चितकालिन तालाबन्दी गरेका छौं ।’

साथै, अतिरिक्त शुल्क फिर्ता नदिएसम्म आन्दोलनको विकल्प नरहेको पत्रमा जनाइएको छ । ‘लुटका विरुद्ध पीडित विद्यार्थीहरुलाई न्याय दिलाउन अनेरास्ववियु जोडदार माग गर्दछ ।’ अनेरास्ववियु गण्डकी कमिटीका सचिव आरके पोखरेल र संयोजक प्रकाश पौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तस्वीर सौजन्यः अनिता घिमिरे
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन