स्याङ्जामा ट्याक्टरबाट खसेर २७ वर्षीय युवकको मृत्यु

स्याङ्जामा ट्याक्टरबाट खसेर २७ वर्षीय युवकको मृत्यु

ladera mrityu

स्याङ्जा । स्याङ्जामा आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिक भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर वालिङ नगरपालिका–८ क्याम्पस रोडका २७ वर्षीय विशाल के.सी. को मृत्यु भएको हो ।

सोही ट्याक्टरका कामदार रहेका के.सी.को प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ