पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

accident a

पोखरामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मंगलबार दिउँसो १२ :३० बजेको समयमा पृथ्बीचोकबाट वुद्धचोकतर्फ जाँदै गरेको ग १४ प ५८२२ नंवरको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको बा ३ (००१ ख १८१५ नंवरको ट्रकले ठक्कर दिंदा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका -१४ काजिपोखरी बस्ने ६० वर्षीया शान्ति माया पुनको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक गुल्मी जिल्ला चारपाला गाउँपालिका -४ घर भइ हाल पोखरामा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक डिल बहादुर सोमरे घाइते भएका छन्। मृतक महिला निरीक्षक डिल बहादुर सोमरेको सासु आमा भएको बुझिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी शान्ति मायालाई तत्काल उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो।ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ