पोखरा । हाेम ग्राउण्ड पोखरा रंगशालामा नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । यस खेल लिगको इतिहासमा काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो ।
मनाङले जीतसँगै अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गर्यो । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।
घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने । उनले दुई गोल गरे । यस्तै, निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।
पोखरा रंगशालामा पुलिसका गोलरक्षक रोशन खड्काले बिर्सनलायक प्रदर्शन गरेको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई हराएको हो । मनाङको जितमा अर्को गोल निशाल लिम्बुले गरेका थिए । पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए ।
खेलको १० औं मिनेटमा अन्जनको गोलबाट मनाङले अग्रता लिएको थियो । रक्षक दिनेश राजवंशीको लामो पासमा अञ्जनले जारी लिगमा पहिलो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्का पेनाल्टी बक्स बाहिर निस्किएको मौकाको फाइदा उठाउँदै अन्जनले टोलीका गोल गरेका थिए ।
मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । मनाङका रक्षक सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।
७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई पुनःअग्रता दिलाए । ८३औं मिनेटमा मनाङ निशान लिम्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।
अघिल्लो दिन दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले अलग अलग खेलमा बराबरी खेलेपछि मनाङले त्यसको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लेको छ । सातौं चरणको समाप्तीमा ४ क्लब मनाङ, मच्छिन्द्र, आर्मी र एपिएफ फुटबल क्लबमध्ये अंकतालिकाको माथि रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ । छैटौं चरणमा मच्छिन्द्रसँग खेल्नुअघि मनाङ (१३ अंक) ले दुई अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ ।
मनाङले सातौं र आठौं चरणका खेल पनि पोखरा रंगशालामा नै खेल्नेछ । छैटौं चरणको खेलका लागि भने टोली काठमाडौं फर्कनेछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो