पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा उधौली पर्व मनाएका छन् ।
हरेक वर्ष मनाउंदै आएका किराँत याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईतबार पर्व मनाएका हुन् । पर्वमा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष धन बहादुर थेबे लिम्बुले बताए ।
उनले हरेक वर्ष मनाउँदै आएको पर्वमा लिम्बु समुदायका २ सय बढी व्यक्तिको उपस्थिति रहदै आएको जानकारी दिए । ‘घर पूर्व भएपनि काम र रोजगारीको शिलशिलामा पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउदै आएका छौ, अध्यक्ष लिम्बुले भने-‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी छौ ।’

उनका अनुसार किँरातहरुले उधौली पर्व अन्तवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।
उनले कास्कीमा लिम्बु समाज स्थापना गरेको ३ वर्ष भएको बताउंदै यो चुम्लुङ खोल्नुको उद्देश्य पनि आफ्नो भाषा, लिपी र संस्कृतिको संरक्षण गर्नु रहेको बताए।’
उनले पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको बताए । ‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौ, उनले भने, ‘त्यसमा १९ वटा चराको नक्कल गरेर कथा अनुसार नाँच्ने प्रचलन रहेको छ ।’

त्यसैगरी लिम्बु समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताए । उनले यसअघि किराँत भित्र पर्ने सुनुवार तथा राई लगायतले सँगै मनाउंदै आएको बताउदै फरक फरक स्थानमा रहेर मनाएपनि अपनत्व रहिरहने दाबी गरे ।’ उनका अनुसार एकताको सुत्रमा बाँध्न र पर्व तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित उधौली पर्वको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै आएको बताए ।
त्यसैगरी कार्यक्रममा सहभागी राधा लिम्बुले आफ्नो जन्मभूमि देखि टाढा रहेर पनि आफ्नो महान चाड मनाउन पाउँदा खुशी लागेको बताईन् । ‘यो ड्रेस सधै लगाउन पाईदैन, यस्तै अवसरमा त हो लगाउने । उनले भनीन्, ‘यो पोशाकको आफ्नै महत्व छ । र यो ड्रेस लगाउँदा छुट्टै आनन्द मिल्छ ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा