कतै बदली, कतै हिमपात

कतै बदली, कतै हिमपात

badali_mausam_ktm

पोखरा । देशका अधिकांश स्थानमा आज (बुधबार) को मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही तराइका थोरै क्षेत्रमा हुसुरकुहिरो रहेको छ।

बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, राती देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ