पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले तीन महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको उक्त तीन महिने सहायक प्रशिक्षण तालिममा ९ जिल्लाका ९३ जना प्रशिक्षकहरुको सहभागिता रहेको छ । तालिममा खेल विज्ञहरु डा. प्रकाश प्रधान, प्रा.डा.रामकृष्ण महर्जन, डा.पदम खड्का, डा. खडग सिंह गुरुङ, पार्थ सारथी सेन गुप्ता, इन्द्र गुरुङ, रिता प्रजापती, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा.मनिष कुमार साह र प्रो.पशुपती अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
तालिमको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री नेपालीले यो तीन महिने प्रशिक्षणले खेलाडीको मनोवल उच्च बनाउन सहायक हुने बताउँदै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताएका छन् ।
खेलकुदको महत्व समाजले धेरै बुझेको धारणा अघि सार्दै मुख्यमन्त्री नेपालीले भने–“जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति बनायौं त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन हामी खेलकुद नीति निर्माण गर्नेछौं ।” उनले चाँडै नै विज्ञहरु राखेर खेलकुद नीति निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने समेत उल्लेख गरे ।
प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकारसंग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै मुख्यमन्त्री नेपालीले उच्चस्तरको समिती गठन गरेर प्रदेश भित्रका जग्गाहरुको खोजी गर्ने संगै प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमा समेत अध्ययन गरिने बताए ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने बताउँदै आयोजनाका लागि प्रदेश सरकार गभ्मिर भएर अघि बढ्ने उनले बताए । मुख्यमन्त्री नेपालीले भने– “नवौं राष्ट्रिय खेलकुदको तयारी संगै खेलकुद विकासका लागि कहाँ र कस्ता पूर्वाधारहरुको निर्माण आवश्यक्ता हुन्छ त्यसका लागि आगामी बजेटमा पहल गर्नेछौं ।”
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव ध्रुब गैडाले तालिम सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढ्ने उल्लेख गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नु पर्ने समय आएको बताउँदै प्रदेशमा आवश्यक खेलकुद पूर्वाधारहरुको निर्माणमा पहल गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै खेल विज्ञ डा.प्रकाश प्रधानले समग्र सामाजिक परिवर्तन र आर्थिक रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड् दिंदै भने –“खेलकुद नै समाज र राष्ट्रको विकासका लागि उच्च मानक हो र त्यो तथ्यमा आधारित छ ।”
उनले गण्डकी प्रदेशले पहिलो पटक सहायक प्रशिक्षण उत्पादन गर्न शुरुवात गरेकोमा आभार व्यक्त गर्दै खेलकुद प्रशिक्षक उत्पादनका लागि वैज्ञानिक दक्षता हासिल गर्न कार्यक्रम महत्वपूर्ण हुने बताए ।
यसैगरी, खेल विज्ञ डा. पदम खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बढाउन प्रदेश सरकारले हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाउन जोड दिए । उनले खेलकुद विकाससँगै प्रदेशलाई खेलकुदको अनुसन्धान केन्द्रको रुपमा विकास गरिनुपर्ने कुरा औंल्याए ।
सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिँदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको महत्व अझै बढेर गएको धारणा राखे । कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषिराम गौतम, कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना लगायतले आफ्ना भनाई राखेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’