पोखरेली कविताप्रेमी स्रष्टा साधकका बीच अग्रज साहित्यकार एल.बी. क्षेत्रीका कविता गुञ्जिएका छन् ।
एलबी क्षेत्रीको सम्बोधन एकल कविता वाचन नाम दिएको उक्त कार्यक्रममा पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद, नारीअस्तित्व, विद्रोह, प्रकृतिबिम्ब र प्रेमलाई विषयवस्तु बनाइएका कविता वाचन गर्दा पटक–पटक पुनः सुनाउन आह्वान गर्दै गरमागरम परिवेश सिर्जना गरेर क्षेत्रीले आफ्नो कवितात्मक सम्बोधन टुङ्ग्याएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार रहेका क्षेत्रीको उक्त सम्बोधनको चाँजोपाँजो अनेसास गण्डकी समितिले मिलाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले क्षेत्रीलाई सम्मान अर्पण गर्दै एकातर्फ आफ्ना मित्रको सम्बोधनमा साथीहरूलाई खबर गरेको र अर्कातर्फ आफैँ प्रमुख अतिथि हुनु परेको विचित्रको भूमिकामा उभिन परेको बताए । उनले क्षेत्रीलाई कुशल कवि, कथाकार मात्र नभएर साहित्यसङ्गठकका रूपमा पनि चिनाए ।
एल बी क्षेत्रीको सम्बोधन नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले आफूलाई कवि ठान्नेहरूले कविता कुन बाटोमा हिँड्दै छ भनेर प्रश्न गर्दा पैँठेजोरी खेल्ने गरेकाप्रति दुःख व्यक्त गरे ।
आफू पोखरामा पटक–पटक आएपछि यो रूपमा पहिलो पटक आएको बताउँदै क्षेत्रीले आफ्ना कविता रुचिकर लागे दुवै चरणका सुनिदिन र नलागे पहिलो चरणका कविता सुनेर जान सक्ने बताए पनि स्रोता अन्तिमसम्मै उनका कविता सुनेर बसेका थिए ।
काट्, छम्टी, निमोठ्
जे गरे नि गर्
तर एउटा कुरा बुझिराख्
हे मान्छे, म प्रकृति, सिर्जना निर्माण
उम्रन छाड्दिनँ, पलाउन बिर्सन्नँ
आकाशिने लक्ष्य त्याग्दिनँ
यो मेरो, नियम, नियति र निर्णय ।
समसामयिक विकृति र विसंगतिप्रति कडा व्यङ्ग्य गरिएका झण्डै दुई दर्जन कविता सुनाउँदै क्षेत्रीले आफूलाई कवि नभएर कविताप्रेमी मात्र भन्न रुचाए ।
अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले वाङ्मयिक अध्ययन, अनुसन्धान र साहित्यिक संगठनमा क्रियाशील क्षेत्रीका कर्म र कृतिले पृथक पहिचान स्थापित गरेको धारणा राखे ।
संक्षिप्त चिनारी राख्दै असफल गौतमले २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथै क्याम्पस प्रमुख भएर पु¥याएको शैक्षिक योगदान स्तुत्य रहेको बताए ।
अनेसास गण्डकीकी उपाध्यक्ष दुर्गा न्यौपानेले कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्री प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील प्रतिभाका रूपमा चिनाइन् । अनेसास गण्डकीको पेजबाट लाइभ प्रशारण गरिएको कार्यक्रम विभिन्न च्याप्टरका अनेसासका आजीवन सदस्य तथा क्षेत्रीका शुभेच्छुकले कविता श्रवण गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो