काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
बृहत नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टोलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै आज (आइतबार) ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।
उजुरी पत्रमा लेखिएको छ, ‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं ।’
प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र त्यो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलमा रहेको कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।
ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले प्रधानन्यायाधीशविरुद्धको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढ्ने बताए ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।
यस्तो छ उजुरी पत्रः



सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु