मनाङमा भेँडीगोठ गएका एक पुरुष सम्पर्कविहीन

मनाङमा भेँडीगोठ गएका एक पुरुष सम्पर्कविहीन

manang himpat (1)

मनाङ । मनाङमा हिजो (बुधबार)देखि एक पुरुष सम्पर्कविहीन भएका छन् ।

गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका–४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङकाअनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए ।

बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन् । गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए ।

मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले हिमपहिरोमा परेको हुन सक्ने प्रहरीको अनुमान छ । बेपत्ता गुरुङको खोजी कार्य भइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ