गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा आकर्षण बन्यो हेलिकोप्टर

गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा आकर्षण बन्यो हेलिकोप्टर

b3-landing-kailash

बागलुङ । गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७८ पौष १६ गते देखि जारी छ । महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै गएको छ । पौष २६ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाउने सुविधाले धेरैलाई आकर्षित गरेको छ ।

यसपाली महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत विशेष अफर सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समितीका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए।
महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल मजुवाफाँट देखि गलकोटको आकाश, पर्यटकीय गन्तव्य घुम्टे र ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको अध्यक्ष पाण्डेले बताए ।

हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक हरि खत्रीले जानकारी दिए।

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत बागलुङ क्षेत्र नं २ का पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने छ । जारी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा समेत गरिएको छ ।

हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च लाग्छ?

न्युनतम १० देखि १५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि प्रति व्यक्ति रु १० हजार शुल्क लाग्ने छ । हेलिकोप्टर मार्फत गलकोट घुम्न पाईनुका साथै घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ । गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु २५ हजार शुल्क निर्धारण गरिएको महोत्सवका कार्यक्रम संयोजक हुम थापाले जानकारी दिए।

कहिले हुन्छ उडान?

हेलिकोप्टर पौष १९ गते उडान हुने छ । उक्त दिन देखि बुकिङ गर्ने दर्शकको चाप अनुसार उडानको समय निर्धारण हुनेछ । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा कैलाश हेलिकोप्टरले उडान भर्ने छ । त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको महोत्सव आयोजक समितीका उपाध्यक्ष मोहन केसी राजनले जानकारी दिए। महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको उपाध्यक्ष केसीले बताए।

गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने यो सुनौलो अवसर भएकोले पनि यसलाई निकै आकर्षणको रुपमा हेरिएको छ । गलकोट नगरमा पर्यटन प्रवर्द्वन गर्नको निम्ती आयोजना गरिएको गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने बताइएको छ । हेलिकोप्टरको लागि टिकट बुकिङ गर्न ढडछटण्ठटढढज्ञ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ