पोखरा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (गण्डकी) ले मनिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत विद्यार्थीको सानो दबिएको र डराएको आवाजलाई ग्रहण गर्दै आन्दोलनका रुपमा अघि बढायो । अन्ततः त्यो आन्दोलन निश्कर्षमा पुगेको छ । मनिपाल अस्पतालको लुटतन्त्रमा अखिल तगारो बनेको छ । विद्यार्थीले न्याय पाएको अनुभूति गरेका छन् । र, ३१ औं दिनमा मनिपाल प्रशासनको ताला खुलेको छ ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको देखिएपछि अस्पतालमा गत २० मंसीरमा तालाबन्दी गरिएको थियो । संगठनका गण्डकी कमिटि संयोजक प्रकाश पौडेलको अगुवाईमा मनिपालमा तालाबन्दी गरेपछि चरणवद्ध रुपमा रचनात्मक आन्दोलन जारी रहे । प्रशासनलाई खबरदारी गरिरहे ।
‘अवैध शुल्क उठाइरहेको जानकारी पायौँ । आवाज उठाउने विद्यार्थीहरु भयभित थिए । १ महिनाअघि २४ घन्टाको अल्टिमेटम दिएर ताला लगायौं तर मनिपाल प्रशासन पेलेरै जाने पक्षमा रह्यो । अन्ततः हामीसामु घुँडा टेक्न बाध्य बनेको छ । विद्यार्थी र अभिभावकले न्याय पाएका छन् । अब ठगिनुपर्दैन ।’ – संयोजक पौडेलले भने ।
कमिटीका सचिव आरके पोखरेलका अनुसार आज प्रशासनको रोहवरमा अस्पताल र आन्दोलन विद्यार्थी पक्षबीच ५ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा आयोगले तोके बमोजिम मात्र शुल्क लिने, कुनै पनि अतिरिक्त शुल्क नलिने, यसअघि विद्यार्थीसँग लिइएको शुल्क आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गरिने, विद्यार्थी र स्थानिय समुदायसँगको सहकार्य र समन्वयमा अस्पताल अघि बढ्ने र प्रशासन कक्षमा लगाइएको ताला खोल्ने सहमति भएको हो ।
अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेल, अस्पताल प्रशासन प्रमुख भानु भारद्वाज, अस्पतालका एड्मिसन डाइरेक्टर गौरव यादव, नेशनल मेडिकल स्टुडेन्ट एशोसियसन गण्डकी च्याप्टर उपाध्यक्ष अनित सिन्हाका साथै रोहवरमा कास्कीका सहायक सिडिओ कृष्णचन्दै पौडेल, पोखरा १६ का वडा सदस्य राजेश गुरुङ, विद्यार्थीहरु रितेश कुमार यादव र अनिल महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

अखिलको दबाबले प्रशासन झुक्न बाध्य बनेको छ । आगामी दिनमा आफैले गरेको सहमति मनिपालले कतिको कार्यान्वयन गर्दछ त्यो हेर्न बाँकी नै छ । तत्कालका लागि भने विदार्थीले राहत महसुस गरेका छन् ।
चिकित्सा शिक्षामा मनोमानी बढेको भन्दै चिकित्सा शिक्षा आयोगले २ वर्षअघि मूल्य निर्धारण गरेको थियो । उक्त नियमअनुसार एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको थियो । तर, मणिपालले भने विभिन्न बहानामा विद्यार्थीसँग ६ लाख रुपैयाँसम्म बढी लिएको थियो ।
सम्बन्धित समाचारः
मणिपालमा अनेरास्ववियुको तालाबन्दी, बढी शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोकिने
अनेरास्ववियुले सिडिओलाई भन्योः ‘लुट र अवैध धन्दा बन्द नहुन्जेल आन्दोलन जारी रहन्छ’



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन