पोखरा । अनुमति नलिई सेतो सिमेन्ट बजार पठाउने पोखराको एउटा उद्योगलाई जरिवाना तिराइएको छ । पोखरा औद्योगिक क्षेत्रस्थित आरती पेन्टिङ उद्योग प्रालिलाई गण्डकी प्रदेश सरकार मातहतको प्रदेश बजार अनुगमन टोलीले बिहीबार जरिवाना तिराएको हो ।
सेतो सिमेन्ट अनुमति बिनै बिक्री गरेको उक्त उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोली संयोजक एवं उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक नारायण आचार्यले बताए । ‘पेन्टिङ सामग्रीको उत्पादन र बिक्रीको अनुमति लिएको त्यो उद्योगलाई प्याकेजिङको अनुमति छैन । बाहिरबाट ल्याएको सामान रिप्याकेजिङ गर्नु गैरकानुनी हो । त्यही कसुरमा जरिवाना गरेका हौँ,’ आचार्यले भने ।
बजारमा बिना लेबलिङको सेतो सिमेन्ट बिक्री भएको गुनासो दर्ता भएपछि अनुगमन टोलीले अनुगमन गरेको थियो । उद्योगीले सेतो सिमेन्ट रङ बनाउन प्रयोग हुने भएकाले प्रयोग गरेको बताएका छन् ।
अनुगमन टोली सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला कतै लेबलिङबिनाका उत्पादन भेटिए खबर गर्न आग्रह गर्छन् । ‘उपभोक्तालाई मर्का पर्ने कुनै पनि कारोबार नगर्न हामी सबै व्यवसायीलाई आग्रह गर्छौँ । उत्पादन मिति भए/नभएको कुरा उपभोक्ताले हेर्नुपर्छ । केही समस्या भए उपभोक्ता अधिकारका लागि हामी छौँ,’ उनले भने ।
रिप्याकेजिङ गरिएको सिमेन्ट बिक्री गर्न राख्ने हाडवेयरलाई पनि जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । पोखरा १७, बिरौटास्थित कमल हाडवेयरले लेबल नै नभएको उक्त सिमेन्ट बिक्रीमा राखेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना तिराइएको संयोजक आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन