लमजुङमा लोकगायक राजु परियारलाई सम्मान

लमजुङमा लोकगायक राजु परियारलाई सम्मान

raju_pariyar

लमजुङ । लोक दोहोरी गायक राजु परियार सम्मानित भएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पस खेल मैदानमा शुक्रबार आयोजित नेकपा एमाले जिल्ला सङ्गठन लमजुङको आठौँ जिल्ला अधिवेशनको अवसरमा गायक परियारलाई सम्मानित गरिएको हो।

एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्।

लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियार स्थानीय लोक भाका, गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेदलगायतलाई लोकगीतका माध्यमबाट उजागर गर्न सफल छन् ।

२०३७ सालमा जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले हालसम्म १३ हजारभन्दा बढी गीतमा स्वर भरेका छन्।

गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ