एजेन्सी । भारतमा कोरोनाको तेस्रो लहर दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९८३ नयाँ संक्रमित भेटिएका छन् । ४० हजार ८१६ बिरामी निको भएका छन् भने २८५ संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा सक्रिय केस अर्थात् उपचार गराइरहेका बिरामीको संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ । एकै दिनमा एक लाख सक्रिय केस बढेको छ।
तेस्रो लहरमा यो लगातार दोस्रो दिन हो जब नयाँ संक्रमितको संख्या एक लाख नाघेको छ । यसअघि बिहीबार १ लाख १७ हजार ९४ केस आएका थिए । अर्थात् एकै दिन करिब २५ हजारले बढेको छ । भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ४०९२५ मामिलाहरू संक्रमित भएका छन् । यसपछि बंगालमा १८ हजार २ सय १३ जना संक्रमित भेटिएका छन् । दिल्ली १७३३५केसहरूसँग तेस्रो नम्बरमा छ ।
महाराष्ट्रमा शुक्रबार ४० हजार ९२५ जना संक्रमित भेटिएका छन् । १४ हजार २५६ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ । राज्यमा हालसम्म ६८.३४ लाख मानिस संक्रमणको चपेटामा परेका छन् । जसमध्ये ६५.४७ लाख निको भइसकेका छन् भने १ लाख ४१ हजार ६१४ जनाको मृत्यु भएको छ । हाल १ लाख ४१ हजार ४९२ बिरामी उपचाररत छन् ।
त्यस्तै, पश्चिम बंगाल शुक्रबार १८ हजार २ सय १३ जना संक्रमित भेटिएका छन् । ७९१२ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ । राज्यमा अहिलेसम्म १७.११ लाख मानिस संक्रमणको चपेटामा परेका छन् । जसमध्ये १६.४० लाख निको भइसकेका छन् भने १९ हजार ८६४ जनाको मृत्यु भएको छ । हाल ५१ हजार ३ सय ८४ बिरामी उपचाररत छन् ।
दिल्लीमा शुक्रबार १७ हजार ३ सय ३५ जना संक्रमित भेटिएका छन् । ८९५१ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । राज्यमा अहिलेसम्म १५.०६ लाख मानिस संक्रमणको चपेटामा परेका छन् ।
तमिलनाडु शुक्रबार ८९८१ जना संक्रमित भेटिएका छन् । ९८४ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । राज्यमा अहिलेसम्म २७.७६ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् ।
कर्नाटक शुक्रबार ८ हजार ४ सय ४९ जना संक्रमित भेटिएका छन् । ५०५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । राज्यमा हालसम्म ३०.३१ लाख मानिस संक्रमणको चपेटामा परेका छन् ।
राजस्थानमा शुक्रबार ३३०० जना संक्रमित भेटिएका छन् । २७९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हालसम्म राज्यमा ९.६६ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् ।
मध्य प्रदेशमा शुक्रबार यहाँ १३२० जना संक्रमित भेटिएका छन् । १ सय ६१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । राज्यमा हालसम्म ७.९७ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु