पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि आज भएको मतदान सकिएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि मंगलबार पोखराको सभागृहमा बिहान १० बजेदेखि सुरुभएको मतदानमा ८ सय ९५ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले बताए ।
थापाका अनुसार बेलुका ४ बजेसम्म चलेको मतदानमा चार जना अनुपस्थित भएका थिए ।
एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा छ । एउटा समूहलाई नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको समर्थन छ भने अर्को समूहलाई संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको छ ।
एमाले कास्कीको अध्यक्षमा दामोदर बैरागी र मनबहादुर गुरुङ चुनावी मैदानमा छन् । बैरागीलाई अधिकारीको समर्थन छ भने गुरुङलाई पृथ्वी सुब्बा गुरुङको समर्थन छ ।
त्यस्तै उपाध्यक्षमा अधिकारी समूहका प्रभा कोइराला र गुरुङ समूहका तेजनारायण अधिकारी, सचिवमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ समूहका विष्णुबहादुर केसीको उम्मेदवारी छ ।
महाधिवेशनमा जिल्लामा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने व्यवस्था छ । जसमा भूगोल, समावेशिता र खुला निर्वाचन क्षेत्र तोकिएको छ । ५ पदाधिकारी , भूगोलबाट ६०, समावेशिताबाट ४३, खुलातर्फ १२ गरी १ सय २० निर्वाचित हुने छन् ।
पार्टी अध्यक्ष केपी शर्मा (ओलीले) शुक्रबार ७७ वटै जिल्लाको भर्जुअल माध्यमबाट देशैभर १० औं महाधिवेशनको उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो