कास्कीमा २४४ को नमुना परीक्षण गर्दा ११५ जनामा कोरोना पुष्टि, प्रदेशभर ५९७ सक्रिय संक्रमित

कास्कीमा २४४ को नमुना परीक्षण गर्दा ११५ जनामा कोरोना पुष्टि, प्रदेशभर ५९७ सक्रिय संक्रमित

Gandaki covid corona 2

पछिल्लो २४ घण्टामा गण्डकीका थप १६५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३५९ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११५ जना, तनहुँका पाँच जना, लमजुङका दुई जना र नवलपुरका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका तीन जना, पर्वतका एक जना, बाग्लुङका छ जना र म्याग्दी जिल्लाका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार २२ पुगेको छ। भने, अहिले प्रदेशभर ५९७ जना सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४२८ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds