सुदूरपश्चिममा माघी पर्वमा दुई दिन बिदा

सुदूरपश्चिममा माघी पर्वमा दुई दिन बिदा

sarbajanik bidako mag

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भोलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो ।

१९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारले यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ