वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

bir hospital

काठमाडौँ । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताए । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको उनले बताए ।

बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो । त्यसैगरी चिकित्सकहरुका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ