पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’