शुक्रबार कास्कीका ९५ सहित गण्डकीमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार कास्कीका ९५ सहित गण्डकीमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

Gandaki covid corona 5

पछिल्लो २४ घण्टामा गण्डकीका थप १८६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४२२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९५ जना, तनहुँका १६ जना, लमजुङका एक जना र नवलपुरका ५५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १० जना, बाग्लुङका दुई जना, म्याग्दीका पाँच जना र मुस्ताङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार २३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ४० पुगेको छ। भने, अहिले प्रदेशभर ७६५ जना सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४२८ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ