Gandak News
Our News Your Views
Promote your business here Gandaknews

शनिबार कास्कीका ८० सहित गण्डकीमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा गण्डकीका थप २०६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४३२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शनिबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८० जना, तनहुँका नौ जना, लमजुङका ११ जना र नवलपुरका ६९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २२ जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका १४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार ४३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ५३ पुगेको छ। भने, अहिले प्रदेशभर ८५८ जना सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४२८ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस