कास्कीमा थप निषेध: स्कुल कलेज, दाेहाेरी, हाटबजार माघ १५ सम्म बन्द

कास्कीमा थप निषेध: स्कुल कलेज, दाेहाेरी, हाटबजार माघ १५ सम्म बन्द

CDO-Office-Kaski-740×360-1

जिल्ला प्रशासन कार्यलय कास्कीले आजदेखि लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।

कास्की जिल्लामा कोरोना संक्रमणको दर ५० प्रतिशत माथि पुगेको भन्दै माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर लगायतका भिडभाड हुने सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।

त्यस्तै शैक्षिक संस्थाहरु लगायत भौतिक रुपमा उपस्थित भएर संचालन हुने ट्युसन सेन्टर तथा शैक्षिक क्रियाकलापहरुमा माघ १५ गतेसम्म निषेध गरिएको छ।

प्रशासनले माघ महिनाभरको लागि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न तथा धार्मिक क्रियाकलापहरुमा नित्य पुजा, ध्यान र प्राथना बाहेकका क्रियाकलापमा निषेध गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ