मंगलबार कास्कीका ३४७ सहित गण्डकीमा थप ६२६ जनामा कोरोना पुष्टि

मंगलबार कास्कीका ३४७ सहित गण्डकीमा थप ६२६ जनामा कोरोना पुष्टि

corona-Update

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीमा थप ६२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २३१ जनामा गरिएको परीक्षणमा ६२६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३४७ जना, स्याङ्जाका ६९ जना, लमजुङका ५० जना, तनहुँका ४१ जना, बागलुङका ३८ जना, नवलपुरका २६ जना, म्याग्दीका २५ जना, गोरखाका २२ जना, पर्वतका ७ जना र मुस्ताङका १ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९० हजार ६५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १०७ पुगेको छ।

हाल प्रदेशभर २ हजार १२० जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४२८ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ