पोखरामा एक तिहाइ दर्शकसामु आहा! रारा गोल्ड कप हुने, उद्घाटन खेलमा एपिएफ र सहारा

पोखरामा एक तिहाइ दर्शकसामु आहा! रारा गोल्ड कप हुने, उद्घाटन खेलमा एपिएफ र सहारा

Rara-goldcup.jpg

कोभिड-१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

२०औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।

प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९ औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

आहा! रारा गोल्ड कपको उद्घाटन खेलमा एपिएफ र सहारा भिड्ने

गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो दिन हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन भुटानिज युथ स्पोर्ट्स क्लब युके र सहारा र एपिएफबीचको खेल हुनेछ । चौथो दिन मनाङ र हिमालयन शेर्पा पुलिसबीचको विजेताको खेल हुनेछ । पाँचौ दिन संकटा र मछिन्द्र, छैटौ दिन थ्री स्टार र आर्मीबीच क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनल १२ र १३ माघमा हुनेछ । फाइनल १५ माघमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ