कोभिड-१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
२०औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो ।
प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९ औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो । उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

आहा! रारा गोल्ड कपको उद्घाटन खेलमा एपिएफ र सहारा भिड्ने
गोल्डकपको २०औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा र विभागीय नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो दिन हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन भुटानिज युथ स्पोर्ट्स क्लब युके र सहारा र एपिएफबीचको खेल हुनेछ । चौथो दिन मनाङ र हिमालयन शेर्पा पुलिसबीचको विजेताको खेल हुनेछ । पाँचौ दिन संकटा र मछिन्द्र, छैटौ दिन थ्री स्टार र आर्मीबीच क्वाटरफाइनल खेल हुनेछ । सेमिफाइनल १२ र १३ माघमा हुनेछ । फाइनल १५ माघमा हुनेछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो