गण्डकी प्रदेशमा बस भाडा बढ्याे- पाेखरामा बस स्टप बाहेकका ठाउँमा बस राेक्न नपाइने, ट्याक्सीमा मिटर प्रणाली लागु !

गण्डकी प्रदेशमा बस भाडा बढ्याे- पाेखरामा बस स्टप बाहेकका ठाउँमा बस राेक्न नपाइने, ट्याक्सीमा मिटर प्रणाली लागु !

pokhara-bus

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।  प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको छ । प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको छ भने नगर भित्र २२.५५ प्रतिशत भाडादर बृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५ भाडा बृद्धि गरिएको छ ।यसअघी संरकारले २८ प्रतिशतसम्म भाडादर बृद्धि गरेको थियो ।

ट्याक्सीमा मिटर प्रणाली लागु

प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने र माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ । सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ ।

पाेखरामा बस स्टप बाहेकका ठाउँमा बस राेक्न नपाइने

प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाउने नियम बनाएको छ ।  बस स्टप भन्दा १०-१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाईका साथ बस रोक्न निषेध गरिने भएको छ  ।

त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नया बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘ढोका खुल्ला हुँदा झुण्डिएर यात्रा गर्ने, जसका कारण यात्रु दुर्घटनामा परेर घाईते, अपाङ्ग हुनुका साथै मृत्यूसमेत हुने गरेकाले अटोमेटिक ढोका बन्द हुने बस अनिवार्य गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ