कास्कीका ३६५ सहित गण्डकीमा थप ७०३ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीका ३६५ सहित गण्डकीमा थप ७०३ जनामा कोरोना संक्रमण पुष्टि

corona-51

पछिल्लो २४ घण्टामा गण्डकीका थप ७०३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३०१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६५ जना, तनहुँका ८३ जना, गोरखाका ५८ जना, लमजुङका ३० जना र नवलपुरका ४६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ८५ जना, पर्वतका पाँच जना, बाग्लुङका ११ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९१ हजार ३५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १४५ पुगेको छ। भने, अहिले प्रदेशभर २७८४ सक्रिय संक्रमित छन् ।

बुधबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका -६ निवासी ८७ वर्षीय वृद्ध छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ