पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -१० अमरसिंह चोक बस्ने २९ वर्षीय कृष्ण बहादुर हमाललाई लागु औषधसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले हमालको साथबाट डाईजापाम- ६४ एम्पुल, फेनारगन- ६२ एम्पुल र नुर्फिन- ६२ एम्पुल गरी जम्मा १८८ एम्पुल लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारिले बताए।