कोरोना परीक्षण शुल्क घट्यो

कोरोना परीक्षण शुल्क घट्यो

corona

काठमाडौँ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८०० रुपैयाँ र निजीमा १५०० रुपैयाँ शुल्क कायम गरिएको छ ।

यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ