काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।
हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि हवाईजहाज र ब्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने ठाउँ तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।