सर्लाही । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।
गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।
बुधबार साँझ आफ्नै घरमा आगो तापिरहँदा उनको शरीरमा आगो सल्किएको थियो ।
आगोले शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।