कास्कीका २४१ सहित गण्डकीमा थप ६२७ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीका २४१ सहित गण्डकीमा थप ६२७ जनामा कोरोना संक्रमण पुष्टि

Gandaki covid corona 2

पछिल्लो २४ घण्टामा गण्डकीका थप ६२७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २४१ जना, तनहुँका ६७ जना, गोरखाका ४१ जना, लमजुङका २६ जना र नवलपुरका ६० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १०७ जना, पर्वतका चार जना, बाग्लुङका ३७ जना र म्याग्दी जिल्लाका ४४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९१ हजार ९८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार २१५ पुगेको छ। भने, अहिले प्रदेशभर ३३४० सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला पालुङटार नगरपालिका -२  निवासी ६९ वर्षीया वृद्धा छिन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds