त्रिविका सम्पूर्ण परीक्षाहरु स्थगित

त्रिविका सम्पूर्ण परीक्षाहरु स्थगित

TU

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ।

बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको तेस्राे लहर सुरु भएसँगै ओमिक्राेन भेरियन्ट तीव्र रुपले फैलिरहेकाेले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । उनले भने, ‘त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds