मनाङ प्रवेश गर्न खोप कार्ड अनिवार्य

मनाङ प्रवेश गर्न खोप कार्ड अनिवार्य

manang-

मनाङमा प्रवेश गर्ने सवारी चालकसहित यात्रुलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्लामै कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई मास्कसमेत अनिवार्य गरिएको छ ।

मनाङमा हालसम्म कोरोनाको सक्रिय संक्रमित नरहेको अवस्थामा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताइएको छ ।

मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।

गत भदौ २६ देखि भने मनाङमा सक्रिय संक्रमित छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ