यज्ञराज पौडेलको ‘तिमीले सोचे जस्तो छैन, तिमीलाई ताक्ने मान्छे’

यज्ञराज पौडेलको ‘तिमीले सोचे जस्तो छैन, तिमीलाई ताक्ने मान्छे’

timile sochejasto

पोखराका यज्ञराज पौडेलको शब्द रहेको ‘तिमीले सोचे जस्तो छैन, तिमीलाई ताक्ने मान्छे’ लाई दर्शक श्रोताको साथ मिलेको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ बोलको गीत एक साताअघि सार्वजनिक गरिएको हो । गीतमा हरि लम्सालको संगीत छ । सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

यो गीतको भिडियोमा सफल जोडी कलाकारद्वय लक्ष्मी बर्देवा र जीवन भट्टराइले अभिनय गरेका छन् । बिक्रम श्रेष्ठको पनि भिडियोमा अभिनय रहेको छ । लक्ष्मी र जीवनकै निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।

‘तिमीले सोचे जस्तो छैन’को भिडियोलाई ‘टुवेल नोट्स’को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ