बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

corent

बागलुङमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं. ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा बस्दै आएका २७ वर्षीय डम्मर थापा रहेका छन् ।

गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

हरिचौरस्थित सब स्टेशनको लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा थापाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । थापा हरिचौर सबस्टेशनमा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ