गण्डकीमा कोरोना : थप ५१६ जनामा संक्रमण पुष्टि, ७०२ संक्रमणमुक्त

गण्डकीमा कोरोना : थप ५१६ जनामा संक्रमण पुष्टि, ७०२ संक्रमणमुक्त

corona covid gandaki

पछिल्लो २४ घण्टामा गण्डकीका थप ५१६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९३० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शनिबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २२७ जना, तनहुँका ७१ जना, गोरखाका १३ जना, लमजुङका २५ जना र नवलपुरका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ३९ जना, पर्वतका १५ जना, बाग्लुङका ३९ जना र म्याग्दी जिल्लाका ४९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ४३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ९२६ पुगेको छ। भने, अहिले प्रदेशभर ७ हजार ७१ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३६ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ