संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन

संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन

Dr-Duman-Thapa

संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको आइतबार साँझ काठमाडौँमा निधन भएको हो ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका थापाको ह्याम्स अस्पताल काठमाडौँमा निधन भएको हो ।

अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए ।

थापा हाल नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध थिए । थापाको जन्म अर्घाखाँचीको नरपानी वडा–७ मा सन् १९६२ मा भएको थियो ।

उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds