मन जित्दै ‘पुलाउ मासुले’

मन जित्दै ‘पुलाउ मासुले’

pulau masule

माघ महिना लगनको महिना हो । यसै लगनको महिनालाई छोपेर ‘पुलाउ मासुले’ बोलको पञ्चेबाजाको गीत बजारमा आएको छ ।

गायक धनिश्वर कडेँलले मौलिक शब्द प्रयोग गरी पञ्चेबाजाको गीत सार्वजानिक गरेका हुन् । जुन गीतलाई दर्शक श्रोताले रुचाएका छन् ।

कडेँल र पूर्णकला विसीको आवाज रहेको गीतमा गायक कडेंलकै शब्द रहेको छ । गीतमा दिपक अधिकारीले संगीत भरेका छन् ।

बागलुङको रमणीय गाउँमा छायांकन गरिएको भिडियोलाई तारानाथ आचार्यले निर्देशन गरेका छन् । गीतको एरेन्ज पनि आचार्यले नै गरेका हुन् । भिडियोमा सहनिर्देशक दिपक अधिकारी छन् । गीतको भिडियोमा केशव कडेंल, जुना एसडी र हरिराम कडेंलको अभिनय रहेको छ । शिवराजा भुर्तेलले खिचेको भिडियोलाई समिर रामदामले सम्पादन गरेका छन् ।

भिडियो डिजिटल स्टारको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ