लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

accident

लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राइनास नगरपालिका–६, सिम्लेखोलामा ग १ त ४४४५ नम्बरका ट्र्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा इँटा लिन जाँदै गरेको ट्र्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका–६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् ।

अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा ट्र्याक्टर छेउमा पुगेको थियो । सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करीब १५÷२० मिटर तल सिम्लेखोलामा खसेर ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मृतक चिलुवालको शवलाई पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds