‘मुना मदन’ सार्वजनिक, राेहन र ममताकाे प्रेमिल कथा [भिडियाे]

‘मुना मदन’ सार्वजनिक, राेहन र ममताकाे प्रेमिल कथा [भिडियाे]

muna madan rohan

पोखरा । प्रणय दिवसको अवसरमा कलाकार रोहन नेपाली अभिनित ‘मुना मदन’ सार्वजनिक भएको छ । पोखरामा एक कार्यक्रमका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मुना मदन गीतलाई सम्राग कार्कीले लेखेका हुन् । संगीत समेत उनकै छ । कार्कीकै स्वरमा रहेको गीतको म्युजिक भिडियोमा रोहन नेपाली सँगै ममता अधिकारीको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोमा बालकलाकारलाई समेत समावेश गरिएको छ । अदिति शंकर र अनुरुप कोइरालाको अभिनय तारिफ लायक छ । मिलन शंकरले छायाँकन गरेको गीतलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् । गीतलाई एमडी वक्र्स युटुब मार्फत हेर्न सकिन्छ ।

म्युजिक भिडियो सार्वजनिक सँगै रोहन नेपाली आशावादी देखिन्छन् । बुढेसकालमा युवाअवस्थाको सम्झनाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । उसो त मुना मदनका बारेमा जानकारी नपाएका सायदै होलान् । एक यस्तो प्रेमील जोडी जो एक हुन सकेनन् । तर जीवनको अन्तिम कालसम्म एकअर्कालाई माया गरिरहे । सोहि कथावस्तुलाई गीतको म्युजिक भिडियोमा देखाउन खोजिएको रोहन नेपाली बताउँछन् । म्युजिक भिडियोका निर्देशक समेत रोहन आफै हुन् । कोरियोग्राफी मार्फन नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेका रोहन पछिल्लो समय म्युजिक भिडियो अभिनयमा समेत सक्रिय देखिन्छन् ।

गीतलाई कास्कीको घाचोकमा छायाँकन गरिएको हो । गीतको छायाँकनका विषयमा बोल्दै मिलन शंकरले पोखराको सांगीतिक क्षेत्र माथि उठ्नुपर्ने आवश्यकतालाई जोड गरे । केही समयको काठमाडौं बसाई पश्चात पोखरा फर्किएका मिलनले पछिल्लो समय पोखराबाट पनि राम्रा सिर्जनाहरु आइरहेको देख्दा खुशी लागेको बताए । उनले पोखरा रमणीय स्थल भएकाले यहाँको भौगलिक वातावरण सुहाउँदो सिर्जनाले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । रोहन नेपालीको ‘मुना मदन’ लाई छायाँकन गर्न पाउँदा खुशी लागेको उनले बताए ।

म्युजिक भिडियो निर्देशन सँगै चलचित्र निर्देशकका रुपमा समेत आफ्नो परिचय बनाएका नेत्र गुरुङले ‘मुना मदन’ प्रेमीहरुको कथा भएको उल्लेख गरे । सँगै हुनु मात्र प्रेम होइन विछोड भएर एक अर्काको यादमा जिउनु समेत प्रेम भएको उनले बताए । सोहि कथावस्तुलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको धारणा उनको छ ।

कार्यक्रममा गायक विनोद बानियाँ, निर्देशक घनश्याम लामिछाने, गुरुङ चलचित्रका नायक विश्वात्मा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ