काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि भन्दै सत्ता गठबन्धनको बैठक बस्दै छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, पक्षमा उभिने या विपक्षमा भन्ने विषयमा गठबन्धनका आबद्ध दलहरुबीच छलफल हुनेछ ।
यसअघि सरकारले बुधबार नै संसदमा एमसीसी प्रस्तुत गर्ने तयारी गरेको थियो । तर गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रस्ट निर्णय नदिँदा कांग्रेस पनि अन्यौलमा छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं कांगेस सभापति शेरबहादुर देउवाबीच छलफल भएर गठबन्धनको बैठक बोलाउने गरेका थिए ।
सुरूदेखि नै एमसीसीको विरोध गर्दै आएको माओवादीले यथास्थितिमा एमसीसी संसदमा लैजाने भए आफू विपक्षमा मतदान गर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा समेत बुधबार एमसीसी प्रस्तुत नगर्ने पक्षमा पुगेका थिए । आज गठबन्धनमा थप छलफल गरेर ठोस गर्ने बताइएको छ ।
गठबन्धनकै अर्को मुख्य दल नेकपा एकीकृत समाजवादी र सानो दल राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो