र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

laure

पोखरा।  लागु औषध मुद्धामा पक्राउ परेका पोखरा नयाँबजारका आशिष राना ‘लाउरे‘ लाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। लागु औषध ब्राउन सुगरको प्रयोग तथा कारोवार गरेको अभियोगमा गत पुस १४ गते पोखराको जाल्पारोडबाट पक्राउ परेका उनलाई न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले आज ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि लाउरेलाई पहिलो पटक ८ दिन र दोस्रो पटक १७ दिनका लागि म्याद थप गरिएको थियो ।  प्रहरीले उनीसंगै पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङलाई पक्रेको थियो। उनीहरुलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds