बागलुङ । केहि दिन पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो ।
मोवाईल सेवा नहुँदा बागलुङको निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए ।
अहिले भनें नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानिय खुसी भएका छन्।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त दुर्गम गाउँहरुलाई लक्षित गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस सेवा सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भनें ूयसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो ।
अब मोवाईल सेवा सञ्चालनमा आएसँगै उक्त समस्या हटेको छ। छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन टेलिकमले गृहकार्य गरिरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती गर्ने टेलिकमले जनाएको छ।
ू मोवाईल सेवा नहुँदा यहाँका नागरिकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौं। भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गर्न सफल भएको समाजसेवी भरत पुनले बताए।
पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न पाउँदा आफुहरु खुसी भएको लेबाङ निवासी मनिलाल बुढा मगरले भने।
मोवाईल सेवा सञ्चालन भएपछि निसीखोला गाउँपालिका वडा नं १ देविस्थानको साविक वडा नं ३ र ४ का ५ सय बढि घरधुरी लाभान्वित भएको स्थानिय श्री प्रसाद विश्वकर्माले जानकारी दिए।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’